add

युभेन्टसलाई ३-० ले पराजित गर्दै बार्सिलोनाले जित्यो ग्याम्पर ट्रफी






ActPro Nepal

|

२५ साउन, २०७८

|
855

काठमाडौं । बार्सिलोनाले जोन ग्याम्पर ट्रफीको उपाधि जितेको छ । इटालियन क्लब युभेन्ट्समाथि ३- ० को सहज जित निकाल्दै बार्सिलोनाले उपाधि हात पारेको हो ।

बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपाए, मार्टिन ब्रेथवेट र रिकी पुजले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।

९० औं मिनेटमा सब्सिच्युट रिकी पुचले गोल गर्दै बार्सिलोनालाई ३-० को सहज जितसहित च्याम्पियन बनाए । रिकी पुच ७१ औं मिनेटमा सर्जि रोबर्टोको स्थानमा मैदान प्रवेश गरेका थिए ।

खेलको शुरुवातमा समर्थकहरुले मेस्सीको नाम लिँदै मैदान गुञ्जाएका थिए । मेस्सीबिना मैदानमा उत्रेको बार्सिलोनाले उत्कृष्ट खेल प्रदर्शन गर्दै समर्थकहरुलाई राहत दिएको थियो ।

एक पटकको च्याम्पियन युभेन्ट्सले १६ वर्षपछि जोन ग्याम्पर कप खेलेपनि उपाधि जित्न सकेन । युभेन्ट्सले पछिल्लोपटक २००५ मा यस ट्रफीमा खेलेको थियो ।

जोन गाम्पर ट्रफी बार्सिलोनाले गरेक बर्ष ला लिगा शुरु हुनु अघि एक क्लबलाई आफ्नो घरेलु मैदानमा बोलाएर मैत्रीपूर्ण खेलकोको रुपमा खेल्ने गर्दछ ।

जोन गाम्पर बार्सिलोनाका फाउन्डर सदस्य, खेलाडी र पछि क्लबका अध्यक्ष समेत बनेका थिए । यो प्रतियोगिता सबै भन्दा पहिला १९६६ मा खेलिएको थियो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.