add

लक्ष्यअनुसार राजस्व उठाउन सरकार असफल






ActPro Nepal

|

३ साउन, २०७८

|
694

काठमाडौं । कोभिड–१९ महामारीका कारण आर्थिक गतिविधिमा तीव्रता नआएकाले सरकारको राजस्व संकलन प्रभावित भएको छ ।

मुलुकमा गत आर्थिक वर्षमा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ९ खर्ब ३८ अर्ब ३२ करोड रुपैयाँ मात्र राजश्व संकलन भएको छ ।

लक्ष्यअनुसार उठाउन सामन्य अवस्थामै असफल भएको सरकारले वर्षान्तसम्म लक्ष्यको ९७.८१ प्रतिशत उठाउन सफल भएको छ। गत आर्थिक वर्षमा बजेटमार्फत १० खर्ब ११ अर्ब राजश्व संकलनको लक्ष्य राखिएकोमा संशोधन गरेर ९ खर्ब ५९ अर्बमा सिमित गरिएको थियो ।

यसमा राजश्वकै स्वरुपमा संकलन भएको ४० अर्ब रुपैयाँ नजोडिएको अर्थसचिव शिशिर कुमार ढुंगानाले बताए । यो समेत जोड्दा ९ खर्ब ७८ अर्ब राजश्व संकलन भएको उनले बताए ।

त्यस्तै गत आर्थिक वर्ष २०७७र०७८ मा ९३ प्रतिशत बजेट खर्च भएको छ । २०७७ साल जेठ १५ गते सार्वजनिक भएको कुल बजेट १४ खर्ब ७४ अर्बमध्ये अर्ध वार्षिक समिक्षामार्फत संशोधन गरेर १२ खर्ब ६६ अर्बमा सिमित गरिएको थियो ।

त्यसमध्ये असार मसान्तसम्म ११ खर्ब ८० अर्ब रुपैयाँ बजेट खर्च भएको अर्थसचिव ढुंगानाको भनाई छ । यो रकम संशोधित बजेटको ९३.२० प्रतिशत हो ।

चालु खर्चतर्फ ८ खर्ब ५१ अर्ब खर्च भएको ढुंगानाले बताए। चालु खर्चको अनुमान ९ सय ४९ अर्ब रहेको र संशोधित अनुमान भने ८ खर्ब ६७ अर्ब रहेको जानकारी दिए।

त्यस्तै पुँजीगत खर्च तर्फ ३ खर्ब ५२ अर्ब अर्ब रुपैयाँ विनियोजन गरिएको र संशोधित अनुमान २ खर्ब ५१ अर्ब रुपैयाँ रहेकोमा २ खर्ब २८ अर्ब ४८ करोड रुपैयाँ खर्च भएको उनले बताए।

जेठ मसान्तसम्म ९ खर्ब १६ अर्ब खर्च भएको थियो । असारमा मात्रै २ खर्ब ६४ अर्ब खर्च भएको छ । जेठ १ मसान्तसम्म ४३ अर्ब रहेको विकास खर्च २ खर्ब २८ अर्ब पुगेको हो ।

असार मात्रै ८५ अर्ब विकास खर्च भएको छ । कुल विकासको ३७ प्रतिशत विकास खर्च असारमा मात्रै भएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.