add

महालक्ष्मी विकास बैंकले संचालनमा ल्यायो भिसा कन्ट्याक्टलेस कार्ड सेवा






ActPro Nepal

|

१८ मंसिर, २०७७

|
1289

काठमाडौं । महालक्ष्मी विकास बैंकले भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भिसा कन्ट्याक्टलेस कार्ड नियर फिल्ड कम्युनीकेशन (एनएफसी)मा आधारित प्रविधि हो, जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले पीओएस टर्मीनल रकम भुक्तानी गर्न सकिन्छ ।


महालक्ष्मी विकास बैंक भिसा कन्ट्याक्टलेस कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकहरु मध्ये प्रथम बैंक हो । यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको जनाएको छ । ।

देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १ सय ३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि। को ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.