add

वैदेशिक रोजगारी : बीमा र कल्याणकारी कोषको रकम अब इसेवाबाट तिर्न सकिने






ActPro Nepal

|

१७ मंसिर, २०७७

|
1256

काठमाडौं। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम इसेवादेखि भुक्तानी गर्न सक्ने भएका छन् । इसेवाले बुधबारदेखि लागु हुने गरी यस्तो सेवा शुरु गरेको हो ।

यो सँगै वैदेशीक रोजगारमा जाँदा इसेवा खाता भएका व्यक्तिले सिधै इसेवाबाट र इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्नेछन् ।

यस सेवाबाट सन नेपाल लाइफ इन्स्योरेन्सले जारी गर्ने वैदेशीक रोजगार म्यादी बीमा र कल्याणकारी कोषको दुवै व्यक्तिगत र संस्थागत रकम भुक्तानी गर्न सकिने इसेवाले जनाएको छ ।

इसेवाबाट सिधै बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्न सकिने भएपछि वैदेशीक रोजगारीमा जाने व्यक्तिको समय र खर्चको बचत हुने कम्पनीले जनाएको छ । यसअघि कल्णकारी कोष र बीमाको रकम बुझाउन लामो समय लाइनमा बस्नुपर्ने बाध्यता रहि आएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.