add

तिहारको विदामा बैंकहरु नखुल्ने , डिजिटल बैंकिङ सेवा प्रयोग गर्न संघको आग्रह






ActPro Nepal

|

२५ कार्तिक, २०७७

|
1191

काठमाडौं । तिहार बिदाका तीनदिन बैंक तथा वित्तिय संस्थाका सबै शाखा बन्द हुने भएको छ । 

नेपाल बैंकर्स संघले मंगलबार सूचना जारी गर्दै तिहार बिदाको समय कात्तिक २९ गतेदेखि मंसिर एक गतेसम्म बैंकका सम्पूर्ण कार्यालय बन्द हुने जनाकारी दिएको हो ।

संघले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण मुलुकमा पनि बढदै गएको र पछिल्ला केही दिनहरुमा सो संख्या झन् बढदै गएकोले  शाखा नखोल्ने निर्णय गरेको हो । संघका अनुसार हालसम्म वाणिज्य बैंकका ६ हजार धेरै कर्मचारीहरु संक्रमित भईसकेका छन्  । 

संघले शाखा बन्द हुने भएपनि डिजिटल बैंकिङ सेवा सुचारु रहने जनाएको छ । संघले  कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र एटिएम सेवाको अधिकत्तम प्रयोग गर्न आग्रह गरेको छ । 

अघिल्ला वर्षहरुमा भने तिहार विदाको समयमा बैंकका सिमित शाखा खुल्ने गरेका थिए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.