add

स्टाण्डर्ड चाटर्ड बैंकले लगानीकर्तालाई ११.८४ प्रतिशत लाभांश दिने






ActPro Nepal

|

१४ कार्तिक, २०७७

|
1138

काठमाडौं । स्टाण्डर्ड चाटर्ड बैंकले आफ्ना लगानीकर्तालाई ११.८४ प्रतिशत लाभांस दिने भएको छ ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४.८४ प्रतिशत नगद गरी कुल ११.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६को भन्दा १०.६६ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा २२.५ प्रतिशत नगद लाभांश दिएको थियो ।

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.