add

बकैया साहित्य महोत्सव सम्पन्न






ActPro Nepal

|

१९ फागुन, २०७६

|
2721

बकैया । मकवानपुरको बकैया गाउँपालिकामा झरना साहित्य परिवारद्वारा आयोजित बकैया साहित्य महोत्सव शनिबार सम्पन्न भएको छ ।

दुईदिने कार्यक्रम अन्तरगत शनिबार स्रष्टा सम्मान, बहसमुलक कार्यक्रमहरू, सांस्कृतिक कार्यक्रम र रचना वाचनका साथमा साहित्य महोत्सव सम्पन्न गरिएको हो ।

कार्यक्रमको पहिलो दिन छन्द कविता प्रशिक्षण, भित्ते पत्रिका लेखन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । बकैया गाउँपालिका अन्तर्गतका सम्पूर्ण माध्यमिक तथा आधारभूत विद्यालयका १५ जना नेपाली विषय शिक्षकहरुलाई छन्द कविता प्रशिक्षण दिइएको थियो । प्रशिक्षणको सहजीकरण प्रगतिशील लेखक संघ मकवानपुरका निवर्तमान अध्यक्ष पुरुषोत्तम आचार्यले गर्नुभएको थियो ।

एकैसाथ चलेको अर्को सत्रमा बकैया गाउँपालिकाका १० विद्यालयका ५ दर्जनभन्दा बढी विद्यार्थीहरूका लागि पठन संस्कृति विकास तथा भित्तेपत्रिका लेखन कार्यशाला आयोजना गरिएको छ । यस सत्रको सहजीकरण ’बाल उदय’ मासिकका सम्पादक नरेन्द्रकुमार नगरकोटी, झरनाका अध्यक्ष दीपक गौतम र उपाध्यक्ष विश्वनाथ सञ्जेलले संयुक्त रुपमा गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो दिन स्रष्टा सम्मान, बहसमुलक कार्यक्रमहरू, सांस्कृतिक कार्यक्रम र रचना वाचन भएका थिए । सम्मान कार्यक्रम अन्तरगत साहित्य क्षेत्रमा विविध किसिमले योगदान पुर्याउनुहुने ६ जनालाई विभिन्न सम्मानहरू प्रदान गरिएको छ।  साहित्यकार तथा पत्रकार डा. नवराज लम्साललाई होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७६ र विनोदविक्रम के.सी.लाई खडानन्द–मनमाया प्रतिभा सम्मान–२०७६  प्रदान गरिएको छ । त्यसैगरी, कवि विना थिङ तामाङलाई सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान–२०७६ र साहित्यसेवी मुक्तिगोविन्द वैद्यलाई सञ्जीवनी बुटी सा हित्य सेवा सम्मान–२०७६ प्रदान गरिएको छ ।  यस्तै बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०७६ बाट व्यङ्ग्यकार रामचन्द्र आचार्य ‘फुर्सती’लाई सम्मान गरिएको छ । त्यसैगरी यसवर्षबाट सुरु भएको ’झरना बकैया पत्रकार सम्मान -२०७६’ मकवानपुरमा लामो समयदेखि क्रियाशील पत्रकार प्रताप विष्टलाई प्रदान गरिएको कुरा आयोजक संस्थाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले जानकारी दिनुभएको छ ।



अन्तरक्रिया कार्यक्रमका दुइवटा सेसन अन्तरगत दुईवटा विषयमा छुट्टाछुट्टै बहसहरू भएका थिए । जसअनुसार पहिलो चरणमा झरनाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेको सहजीकरणमा ’कला साहित्यको विकासमा स्थानीय तहको भूमिका’ विषयमा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे र सामाजिक विकासका अभियन्ता अर्पण पराजुलीले बहस गर्नुभएको थियो । बहसमा सहभागीहरूले समाज विकासको लागि भौतिक विकास र चेतनाको विकास सँगसँगै अघि बढ्नुपर्ने कुरामा जोड दिएका थिए ।

अर्को चरणको अन्तरक्रिया कार्यक्रम झरनाका सचिव मसान उपासकको सहजीकरणमा ’ नेपाली साहित्यमा मकवानपुर’ विषयमा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, समालोचक नीरा शर्मा र झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीले बहस गर्नुभएको थियो । उहाँहरूले मकवानपुरे साहित्यले नेपाली साहित्यले स्थान बढाउँदै गएको तर यो कुरा पर्याप्त भएको भनेर चित्त बुझाउनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

 कार्यक्रममा निमेष निखिल, सुवास खनाल, छवि अनित्य, पुरुषेत्तम आचार्य, शान्तिप्रिय बन्दना, नरेन्द्रकुमार नगरकोटी, स्मीति गिरी, राम उदित लगायत सम्मानित श्रष्टा, अतिथिहरू तथा स्थानीयहरूले आआफ्ना साहित्यिक रचनाहरू वाचन गर्नुका साथै स्थानीय विद्यार्थीहरूले नेपाली, तामाङ र माझी संस्कृति झल्कले सङ्गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखे, बकैया ४ का वडाध्यक्ष राजन दङ्गाल, झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, झरनाका निवर्तमान अध्यक्ष उद्दव सापकोटा र साहित्यकार तुलसी थापा विशिष्ट अतिथिका रुपमा रहनुभएको थियो । कार्यक्रममा जिल्लाभित्र र बाहिरका साहित्यिक व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.