add

मौसम पूर्वानुमान आंशिक बदलीसँगै वर्षाको सम्भावना-कहाँ कस्तो रहने छ ?






ActPro Nepal

|

१२ फागुन, २०७६

|
1201

काठमाडौं–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीनदिन  आंशिक बदलीसँगै वर्षाको सम्भावना  रहने जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन १२ गते (सोमबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः देशको मध्य तथा पुर्वी भू-भागमा आँशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंसिक बदली रहनेछ। मध्य तथा पुर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ । देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फागुन १३ गते (मंगलबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेध गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः देशभर आँशिक देखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहन्छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फागुन १४ गते (बुधबार)

दिउँसोः देशको पहाडी भेगमा आँशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी तथा मध्य पहाडी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका मध्य तथा पुर्वी भू-भाग साथै पश्चिमी पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.