add

हतियार बोकेको सेनाको गाडी सल्यानमा दुर्घटना : एकको मृत्यु, छ जना घाइते






ActPro Nepal

|

२९ माघ, २०७६

|
1219

सल्यान–  सल्यानमा हातहतियार बोकेको नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका ३ चोरखोलामा दुर्घटना भएको र दुर्घटनामा जमदार यादवप्रसाद धरेलको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सल्यानले  जानकारी दिएको छ।

दुर्घटनामा परी मेजर ईश्वर सिलवाल,सिपाहीहरू विशाल गुरुङ, रेशम हिटन मगर,विपिन श्रेष्ठ, हबल्दारद्वय जय प्रकाश बोहरा र मोहन थापासहित ६ जना अवस्था गम्भीर घाइते भएका छन्।

दुर्घटनामा घाइते चार जनाको उद्धार गरी दाङ पठाइएको छ। दुई जना हराइरहेको जनाइएको छ। गाडी करिब ५ सय मिटर तल खसेको छ। गाडीमा हतियार र बम भएकोले उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि काठडामाडौ‌ ल्याउनका लागि सेनाको हेलिकोप्टर पठाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.