add

अमेरिकालाई नेपालले ३५ रनले हरायो, डेब्युमै कुशलको कीर्तिमान






ActPro Nepal

|

२५ माघ, २०७६

|
666

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ ।

शनिबार भएको खेलमा  नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको छ । अमेरिकाबिरुद्ध जित  निकाल्न करण केसी नायब बने ।

उनले ७ ओभरमा ४ विकेट लिए भने शुसान भारीले ३ विकेट लिएका छन् । त्यसैगरी सन्दीप लामिछानेले २ विकेट लिएका छन् । कुशल मल्लको खातामा पनि एक विकेट परेको छ ।

पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो । १ सय ९० रन बनाउने क्रममा बिनोद भण्डारीले ५९ तथा आजै डेब्यु गरेका कुशल मल्लले ५० रनको अर्धशतकीय योगदान गरेका थिए । बलिङतर्फ अमेरिकाका स्टेभेन्सनले तीन तथा नेत्रवल्कर र थेरोनले समान दुई दुई विकेट लिए ।

कुशलले ओडिआई डेब्युमै अर्धशतक बनाउँदा सबैभन्दा कान्छो उमेर अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले नेपालकै रोहित कुमार पौडेलको कीर्तमान तोडे ।

जवाफमा एक सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४. १ ओभरमा १ सय ५५ रनमा अल आउट भयो । १ सय ५५ रन बनाउने क्रममा अमेरिकाका आईजी हल्याण्डले सर्वाधिक ७५ रन बनाए भने स्ट्भेन्सनले १९ रन बनाए ।   अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् । १३ रन भएका बेला अमेरिकाले चार विकेट गुमाइसकेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.