add

दाङ्गको लमहीमा नेपाल बैंकको नयाँ शाखा स्थापना






ActPro Nepal

|

५ मंसिर, २०७७

|
1046

काठमाडौं। नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको अवसरमा दाङ्ग जिल्लाको लमहीमा नयाँ शाखा स्थापना गरेको छ ।

नयाँ शाखाको उद्घाटन कार्तिक ३० गते लक्ष्मीपूजाका दिन लमही नगरपालिकाका प्रमुख कुलबहादुर खत्री क्षेत्री तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले गरेका हुन् ।

यससँगै बैंकको नेटवर्क २०३ शाखा, ३८ एक्स्टेन्सन काउण्टर, १३२ एटिएममा विस्तार भएको छ ।

अधिकारीले बार्षिकोत्सवको उपलक्ष्यमा बैंकले एनिर्भसरी ब्यवशाय कर्जाको सुरुवात गरेको बताए ।

बार्षिक ६.९९ प्रतिशत मात्र ब्याजदर कायम गरिएको यस एनिर्भसरी ब्यवशाय कर्जाको सिमा रु. १० करोड सम्मको रहेको छ भने त्यसका लागि व्यवशाय दर्ता भएको ६ महिना पुगेको हुनुपर्ने छ ।

बैंकले उत्पादन वा खरिद लागतको १०० प्रतिसतसम्म वा स्टक तथा स्टक एण्ड रिसिभेवलको ८० प्रतिशतसम्म लगानी गर्नसक्ने छ ।

बैंकले मोबाइल बैंकिङ, इण्टरनेट बैंकिङ, डिम्याट खाता, मेरो शेयर, सी–आस्बा र भिसा डेबिट कार्ड कार्ड निःशुल्क प्रदान गर्दै आईरहेको छ ।

अत्याधुनिक बैंकिङ्ग सेवाहरु, बिभिन्न प्रकारका कर्जाहरु, एल.सी. तथा ग्यारेण्टी सुबिधाहरु, एटिएम, डिजिटल बैंकिङ्ग सेवाहरु आदी प्रतिस्पर्धि एबं नेपालको बैकिङ्ग ईण्डस्ट्रीमै सस्तो दररेटमा उपलब्ध गराउने प्रतिबद्घता अधिकारीले ब्यक्त गरे ।

लमही नगरप्रमुख कुलबहादुर खत्री क्षेत्रीले लमहीमा नेपाल बैंकको शाखा स्थापनाले नगरबासीहरुको तथा देउखुरी क्षेत्रका बिभिन्न कार्यालयहरु, कर्मचारीहरु, कर्जा ग्राहकहरु, बिद्यालयहरु आदीको ठूलो श्रम तथा समयको बचत हुने, लमही नगरपालिकाले बिभिन्न सहकार्य गर्दै जाने र सहुलियतपूर्ण कर्जाहरु यसैबैंकको माध्यमबाट उपलब्ध गराउन पहल गरिने जानकारी दिए ।

सम्बन्धित समाचारः

नेपाल बैंकले ६.९९ प्रतिशत ब्याजदरमा विजनेश कर्जा दिने

नेपाल बैंकको नाफा घटेर ५५ करोडमा सीमित

नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा. महावीर

बैंक नेपाल बैंक लिमिटेडको मूनाफामा गिरावट- नाफा १८ प्रतिशतले घटयो




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.