add

नेपाल बैंकको नाफा घटेर ५५ करोडमा सीमित






ActPro Nepal

|

१६ कार्तिक, २०७७

|
1147

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंकको खुद नाफा घटेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले पहिलो त्रैमासमा आर्जन गरेको नाफा गत वर्षको तुलनामा ३ करोड १४ लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा  बढेपनि बैंकले डिफर्ड ट्याक्स (स्थगित कर) तिर्दा बैंकको नाफा घटेको हो । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमाएको कर अघिको नाफा गत वर्ष तुलनामा बढी भए पनि यस अवधिमा बैंकले बढी कर तिर्नु पर्दानाफा घटेको हो । बैंकले यस अवधिमा २० करोड १६ लाख वर्तमान कर तिरेको छ भने २ करोड ९३ लाख स्थगित कर तिरेको छ ।
पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा १९ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकले १ अर्ब ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा १ अर्ब ३२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष यस्तो आम्दानी झण्डै १६ करोड रुपैयाँले बढाएको हो ।

बैंकले गत वर्षको तुलनामा खर्च पनि नियन्त्रण गर्दै लगेपनि यो अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी भने बढेको छ । गत वर्षको तुलनामा बैंकको अन्य सञ्चालन आम्दानी ४ करोड १० लाखबाट बढेर ५ करोड १ लाख रुपैयाँ पुगेको छ । बैंकको कर्मचारी खर्च ६७ करोड रुपैयाँबाट घटेर ६५ करोड रुपैयाँमा झरेको छ भने अन्य सञ्चालन खर्च १९ करोडबाट घटेर १७ करोडमा झरेको छ ।

गत वर्षको तुलनामा बैंकको खराब कर्जा भने बढेको छ । यस अवधिमा बैंकको खराब कर्जा २.७५ प्रतिशतबाट बढेर ३.०२ प्रतिशत पुगेको छ ।

बैंकको पूँजीकोष अनुपात १७.०३ प्रतिशत रहेको छ भने सीसीडि रेसियो ६६.५४ प्रतिशतमा झरेको छ । यस अवधिमा बैंकको आधार दर ६.८१ प्रतिशत छ भने स्प्रेड दर ४.३८ प्रतिशत छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ४९ पैसा र मूल्य आम्दानी अनुपात १६.६० गुणा छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.