add

एभरेष्टका निर्माता डेभिड ब्रेशियर्सको निधन






ActPro Nepal

|

५ चैत, २०८०

|
118

काठमाडौँ । हलिउडका चर्चित फिल्म निर्माता तथा छायांकार डकुमेन्ट्री निर्माता डेभिड ब्रेशियर्सको निधन भएको छ । 

मार्च १४ मा अमेरिकाको म्यासाचुसेट्स राज्यस्थित घरमा ६८ वर्षका ब्रेशियर्स मृत फेला परेका थिए । उनको मृत्युको कारण प्राकृतिक भएको बताइएको छ । मृत्युको ठ्याक्कै कारण भने अज्ञात रहेको ब्रेशियर्सको बिजनेस म्यानेजरले भनेकी छिन् । 

ब्रेशियर्सले सगरमाथा आरोहणबारे बनाएको डकुमेन्ट्री फिल्म निकै चर्चित बनेको थियो । उनको यो डकुमेन्ट्रीले सगरमाथालाई विश्वमाझ चिनाएको थियो ।

मृत्युको खबरलाई ब्रेशियर्सको परिवार विज्ञप्तिमार्फत पुष्टि गरेको छ । उनको निधनको खबर सत्य भएको उनी निकटका अमेरिकी पर्वतारोहीहरू एड भिस्टर्स, क्याथी हार्वर्ड र जेड विलियम्सनले पनि पुष्टि गरेका छन् । ब्रेशियर्स स्वयं पनि हिमाल आरोही हुन् । उनका परिवारका अनुसार उनले पाँच पटक सगरमाथा चढेका थिए ।  

सन् १९९८ को आएको आइम्याक्स डकुमेन्ट्री ‘एभरेस्ट’बाट ब्रेशियर्स चर्चित बने नै उनले सगरमाथालाई पनि विश्वभर चिनाए । यो डकुमेन्ट्री सबैभन्दा धेरै कमाउने डकुमेन्ट्री फिल्म समेत बनेको थियो । उनी यो फिल्मको सह–निर्देशक र सह–निर्माता थिए । उनले सगरमाथामाथि एभरेस्ट, स्टोर्म ओभर एभरेस्ट र एभरेस्ट डेथ जोनजस्ता फिल्म बनाएका छन् । सन्  १९८३ मा उनी सगरमाथाबाट ‘लाइभ टेलिकास्ट’ गर्ने पहिलो व्यक्ति बनेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.