काठमाडौं । तपस्वी रामबहादुर बम्जन पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) उनलाई मंगलबार साँझ पक्राउ परेको हो। उनलाई सीआईबीले बुढानिलकण्ठबाट पक्राउ गरेको बताइएको छ। बम्जन बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चामा आएका थिए।
बम्जनमाथि तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप छ । सीआईबीले लामो समयदेखि बम्जनको खोजी गरिरहेको थियो ।
मंगलबार साँझ भने सीआईबीको टोलीले उनी बसेको आशंका गरेको घरमा छापा मारेर नियन्त्रणमा लिएको हो । सीआईबीको टोलीले छापा मारेको चाल पाउना साथ घरको झ्यालबाट हाम फालेर भाग्ने प्रयास गरेका थिए । त्यही बेला उनी पक्राउ परेका हुन् ।
प्रहरीसँगको बयानका क्रममा उनले आफू तराईका विभिन्न जंगल र भारतसमेत पुगेको बताएका छन् । उनीमाथि सीआईबीको टोलीले थप अनुसन्धान अघि बढाएको छ ।
पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रवती–६ बाँडेगाउँ तथा असार २०७७ मा कमलामाई नगरपालिका ९ पैरेको बम्जनको आश्रममा प्रहरीले छापा समेत मारेको थियो ।
यो पनि…
अपत्यारिलो चर्चामा आएका ‘तपस्वी’ बम्जनमाथि यौन शोषण, हत्या-हिंसासम्मको आरोप
श्रीमतीलाई भेट्न आउँदा पक्राउ परेका थिए तपश्वीको भेषमा विवादित बम्जन
प्रतिक्रिया