add

वर्गीय विभेद दर्साउने ‘जोर मैना’ (भिडियो)






ActPro Nepal

|

१६ असार, २०७९

|
1522

काठमाडौं । चलचित्र ‘प्रकाश’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीवार सार्वजनिक गरिएको ‘जोर मैना’ बोलको गीतमा दिपक शर्माको शब्द संगीत र ध्रुब बिस्कोको स्वर रहेको छ ।

जुम्लाको परिवेशमा छायाँकन भएको चलचित्रको गीतले मुख्य दुई पात्रबीच प्रेम र प्रेममा आएको अड्चनलाई प्रस्तुत गरेको छ ।

चलचित्रका दुई मुख्य पात्र प्रकाश रोकाया (प्रदिप खड्का) र राधा विश्वकर्मा (रेणु योगी)का माध्यमबाट गीतले वर्गीय असमानताका कारण प्रेममा आएको असहज परिस्थिति चित्रण गरेको छ । प्रदीप खड्का र रेणु योगी जुम्लेली पात्रमा फिट देखिएका छन् ।

यसमा वर्गीय विभेदको विषय प्रस्तुत गरिएको छ । झट्ट सुन्दा प्रेम भावको सुनिए पनि यो गीतले वर्गीय विभेदकै विषय उठान गरेको छ ।

दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा विकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.