काठमाडौं । गायिका तथा मोडल श्रीषा कुँवरको स्वर रहेको त्यत्तिकै छोड बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
गायिका श्रीषाले १ दर्जन बढी म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन्। सार्वजनिक गीतमा शब्द संगीत जोन चाम्लिङको रहेको छ भने एरेन्ज केन्देन लिम्बूको रहेको छ।
मकाउमा छायाकंन गरिएको गीतको भिडियोमा ‘नान पो’को अभिनय देख्न सकिन्छ। मोडल ‘नान पो’ म्यानमारकी हुन्। गायक तथा संगीतकार तुला पर्वतले छायांकन तथा सम्पादन गरेको गीतको भिडियोको निर्देशन पनि स्वयम तुलाले नै गरेका हुन्। भिडियोमा कोरियोग्राफी पनि निर्देशक तुला स्वयमले नै गरेका छन्।
यसअघि पनि मकाउका विभिन्न रमणीय स्थानहरुमा नेपाली म्यूजिक भिडियो छायांकन गरेर तुलाले अन्तराष्ट्रिय बजारमा पनि नेपाली गीत संगीतलाई पुर्याउने काम गरेको भन्दै उनको प्रशंसा हुँदै आएको छ। भिडियो वाइडस्किन युट्युब च्यानलबाट बजारमा आएको हो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।