add

एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले हङकङसँग खेल्दै






ActPro Nepal

|

३ वैशाख, २०८१

|
198

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले हङकङसँग खेल्दैछ ।

ओमानको अल अमिरातमा हुने खेल बिहान पौने १२ बजे शुरु हुनेछ । दुई खेलमा दुवै खेल जितेको नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुईमध्ये एक खेल जितेको हङकङ चौथो नम्बरमा छ । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ ।

यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

आज समूह ‘ए’ कै मलेसिया र कतार पनि बिहान पौने १२ बजे नै खेल्दैछन् । त्यस्तै आजै समूह बी अन्तर्गत ओमान् र यूएई तथा बहराइन र कुवेत खेल्दैछन् । दुवै खेल बेलुका पौने ५ बजे शुरु हुनेछ ।

यसैबीच एसीसी प्रिमियर कप अन्तर्गत हिजो भएको खेलमा घरेलु टोली ओमानले कम्बोडियालाई ६३ रनले हराएको छ ।  हिजै भएको अर्को खेलमा साउदी अरबियाले हङकङलाई ५५ रनले हरायो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.