add

वेष्ट इण्डिज ‘ए’ विरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा,को को छन् टोलीमा?






ActPro Nepal

|

१३ वैशाख, २०८१

|
151

काठमाडौं । काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वेष्ट इण्डिज ‘ए’विरूद्ध टी-२० सिरिज खेल्ने टोलीको घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा रहेको क्यानले नेपालले १६ सदस्यीय टोली घोषणा गरेको हो ।

बिहीबार घोषित १६ सदस्यीय टोलीमा एसिसी प्रिमियर कपका लागि ओमान पुगेकै खेलाडीलाई मौका दिएको हो। युवा बलर आकाश चन्द वेष्ट इण्डिज भ्रमणमा वैकल्पिक खेलाडीका रूपमा रहेका थिए।

वेष्ट इण्डिजले भने विभिन्न समयमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका १२ खेलाडी समेट्दै १५ सदस्यीय टोलीको घोषणा यसअघि नै गरेको छ। ५ खेलको टी-२० सिरिज १५ वैशाखबाट टियू मैदान, कीर्तिपुरमा सुरु हुँदै छ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको दोस्रो खेल १६ वैशाखमा हुँदा तेस्रो खेल १९ वैशाखमा हुने छ। त्यस्तै, प्रतियोगिताको चौथो खेल २० वैशाखमा र पाँचौ तथा अन्तिम खेल २२ वैशाखमा हुने छ।

यस्तो छ नेपाली टोली:

रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहोरा, विवेक यादव, आकाश चन्द।

यो प्रचार भिडियोमा नायिका नीति शाह, नवीन मानन्धर, रेअर राई, विनिता थापा मगर, महेस त्रिपाठी लगायतका फिचर छन्।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको सिनेमाका निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन्। सुनील श्रेष्ठ,अनिल मानन्धर र पिकेश मानन्धर यसका सहनिर्माता हुन्।

डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’मा शिशिर विशंखेको छायाँकन रहेको छ भने सम्पादक मित्र डि गुरुङ हुन्। सिनेमामा अनमोल गुरुङको संगीत रहेको छ। सिनेमालाई रोहित तथा रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.