add

दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल : आर्मी र जावलाखेललाई उपाधि






ActPro Nepal

|

२९ चैत, २०८०

|
127

काठमाडौँ । दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लव र महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लव (जेडब्यूएससी) ले जितेका छन्।

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससीआईएसए)को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधवार सम्पन्न फाइनलमा पुरुषतर्फ विभागीय डर्बीमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफलाई र महिलातर्फ जेडब्यूएससीले इस्पाइनल कट इन्जरी नेट्वर्क नेपाल (एससीआईएनएन)लाई पराजित गर्दै उपाधि जितेका हुन्।

पुरुषतर्फ निक्कै नै रोमाञ्चक बनेको खेलमा आर्मीले एपीएफलाई २१–१७ ले पराजित गर्‍यो। आर्मी र एपीएफ पुल ‘ए’ मा सँगै थिए। पुल ‘ए’ बाट आर्मी विजेता र एपीएफ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए। पुलको खेलमा पनि आर्मीले एपीएफलाई २६–२१ स्कोरले पराजित गरेको थियो।

आर्मीले सेमिफाइनलमा बीआईएमाथि ३६–१७ स्कोरको फराकिलो जित हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो। एपीएफ भने प्रतिष्पर्धात्मक खेलमा एससीआईएनएनलाई २०–१९ स्कोरले पराजित गर्दै फाइनलमा पुगेको थियो। प्रतियोगितामा एससीआईएनएन तेस्रो भयो।

एससीआईएनएनले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा बीआईएलाई १७–१६ स्कोरले पराजित ग¥यो। महिलातर्फको सेमिफाइनलमा बीआईएलाई १४–० स्कोरले पराजित गर्दै जेडब्यूएससी फाइनल पुगेको थियो। फाइनलमा जेडब्यूएससीले एससीआईएनएनमाथि १८–७ स्कोरको सहज जित दर्ता गर्‍यो।

एससीआईएनएनले सेमिफाइनलमा विइनमाथि १४–४ स्कोरको सहज जित हासिल गर्दै फाइनलमा स्थान बनाएको थियो। बीआईए भने तेस्रो बन्यो। तेस्रो स्थानका लागि भएको भिडन्तमा विइनलाई बीआईएले ६–० स्कोरमा सहजै पराजित गर्‍यो। प्रतियोगिताको विजेता टोली आर्मी र जेडब्यूएससीले ५०/५० हजार रुपैयाँ प्राप्त गरे। उपविजेता टोली एपीएफ र एससीआईएनएनले ४०/४० हजार रुपैयाँ प्राप्त गरे।

यस्तै, तेस्रो हुने एससीआईएनएन र बीआईले ३०/३० हजार रुपैयाँ प्राप्त गरे। ‘मोस्ट भ्यालुयबल प्लेअर’ पुरुषतर्फ आर्मीका रामबहादुर तामाङ र महिलातर्फ जेडब्यूएससीका राजनी राई घोषित भए। यस्तै पुरुषतर्फ आर्मीका रमेश खत्री र महिलातर्फ जेडब्यूएससीकी तुलसा मगर ‘हाई’ स्कोरर रहे। खत्रीले फाइनलमा ८ र मगरले ६ स्कोर गरेका थिए। चारै जनाले २५/२५ सय रुपैयाँ प्राप्त गरे।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.