add

आईपीएल : रोमाञ्चक खेलमा हैदरावादले पञ्जाबलाई हरायो






ActPro Nepal

|

२८ चैत, २०८०

|
205

काठमाडौँ । इन्डियन प्रिमियर लिग-आईपीएल अन्तर्गत हिजोको रोमाञ्चक खेलमा सनराइजर्स हैदराबादले पञ्जाव किंग्सलाई मात्र २ रनले हराएको छ । 

अन्तिम ओभरमा जितका लागि २९ रन चाहिएका बेला पञ्जाबले २६ रन बनायो र २ रनको झिनो हार बेहोर्‍यो ।

चण्डीगढमा पञ्जावले टस जितर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । हैदराबादका लागि युवा ब्याटर नीतिश रेड्डीले ३७ बलमा ४ चौका र ५ छक्कासहित ६४ रनको अर्धशतकीय योगदान दिए । अब्दुल समादले २५ तथा ट्राभिस हेडले २१ रन जोडे । पञ्जावका लागि अर्शदीप सिंहले ४ विकेट लिए ।

१ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको पञ्जावले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन मात्र बनाउन सक्यो । श्याम करनले २९ र सिकन्दर राजाले २८ रन जोडे । शशांक शर्माले ४६ र आशुतोष शर्माले १५ बलमा ३३ रनको विष्फोटक अविजित इनिङ खेले पनि हार टार्न सकेनन् । यो जोडीले अन्तिम ओभरमा २६ रन बनाए पनि पञ्जाव २ रनले पराजित भयो । 

 हैदराबादका भुवनेश्वर कुमारले २ विकेट लिए । यससँगै ५ खेलमा ३ जितसहित ६ अंक जोडेको हैदराबाद पाँचौं स्थानमा छ भने समान खेलमा ४ अंक जोडेको पञ्जाब छैटौं स्थानमा छ । आईपीएलमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स भिड्नेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.