add

विनोद भण्डारीको नेतृत्वमा नेपाली ‘ए’ टोली घोषणा






ActPro Nepal

|

११ चैत, २०८०

|
50

काठमाडौं । आयरल्याण्ड वुल्भ्ससँगको सिरिजका लागि नेपालको ‘ए’ टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विनोद भण्डारीको कप्तानीमा टी–२० र वानडे टोली घोषणा गरेको हो ।    टिममा अर्जुन घर्ती, नारायण जोशी, विकास आग्रीलगायत खेलाडीले पहिलोपटक टिममा मौका पाएका छन् । टिममा अलराउन्डर कमल सिंह ऐरीले पनि पुनरागमन गरेका छन् ।  

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सले पहिले ट्वान्टी–२० शृंखला खेल्नेछ । पाँच ट्वान्टी–२० शृंखलामध्ये सुरुका दुई खेल भने रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली सिनियर टिमले खेल्नेछ ।  

आयरल्यान्ड वुल्भ्ससँग नेपालले चैत १२ गते पहिलो ट्वान्टी–२० खेल खेल्नेछ । चैत १३ गते दोेस्रो, १५ गते तेस्रो, १६ गते चौथो र चैत १८ गते पाँचौँ म्याच खेलिनेछ ।


यस्तै, तीन एकदिवसीय खेल चैत २१, २३ र २५ गते खेलिनेछ । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.