add

पाकिस्तानसँग नेपाल २३८ रनले पराजित






ActPro Nepal

|

१३ भदौ, २०८०

|
178


काठमाडौं ।  एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग  २३८ रनले पराजित भएको छ । घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो । नेपालका सोमपाल कामीले २८ र आरिफ शेखले २७ रन , कुशल भुर्तेल ८ र आसिफ शेख ५ रनमा आउट भए भने कप्तान रोहित पौडेलले खाता खोल्न सकेनन् । गुल्सन झाले १३ रन बनाए भने सन्दीप लामिछानेले खाता खोल्न सकेनन् । पाकिस्तानका सदाब खानले ४ तथा शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले २/२ विकेट लिए । नसिम शाह र मोहम्मद नवाजले एक एक हात पारे । अब नेपालले एसिया कप अन्तर्गत दोस्रो खेल १८ गते श्रीलंकाकी क्यान्डीमा भारतविरुद्ध खेल्नेछ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.