add

‘चुम्बन विवाद’मा परेका स्पेनका फुटबल प्रमुख निलम्बन






ActPro Nepal

|

१० भदौ, २०८०

|
196

काठमाडौं ।   विश्व फुटबलको सञ्चालक निकाय फिफाले आफ्नो महिला खेलाडीलाई चुम्बन गर्ने स्पेनिस अध्यक्षलाई निलम्बन गरेको छ ।  महिला विश्वकप विजेता जेनी हर्मोसोसँग चुम्बन गरेकोमा स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसलाई निलम्बन गरेको हो ।

विश्व फुटबलको सञ्चालक निकाय फिफाले रुबियालेसलाई सुरुमा ९० दिनको लागि निलम्बन गरिएको छ । रुबियल्स र स्पेनिस फुटबल महासंघलाई हर्मोसोलाई सम्पर्क गर्न प्रतिबन्ध लगाएको छ । 

सिएनएनका अनुसार अब उनलाई ‘फुटबलसँग सम्बन्धित सबै गतिविधिहरू’बाट अस्थायी रूपमा फिफाले निलम्बन गरेको जानकारी दिएको छ ।

हर्मोसो, उनका सहकर्मी र स्पेन सरकारको कडा आलोचना पछि उनलाई निलम्बन गरिएको हो । स्पेनले पहिलो पटक टूर्नामेंट जितेपछि गत आइतबार रुबियालेसले खेलाडी हर्मोसोलाई ओठमा चुम्बन गरेका थिए ।

हर्मोसोले चुम्बन अवाञ्छित भएको र रुबियालेस अध्यक्ष रहँदासम्म खेल्न अस्वीकार गरेको बताउँदै आएकी थिइन । तर, रुबियालेसले चुम्बन सहमतिमा भएको दाबी गर्दै आएका छिन ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.