add

यूरोपेली लिगमा सावित्रा भण्डारीको डेब्यू गोल






ActPro Nepal

|

१ भदौ, २०८०

|
230

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित स्ट्राइकर सावित्रा भण्डारीले युरोपेली फुटबलमा डेब्यु गोल गरेकी छिन् । प्रि सिजन खेलमा हापोएल रानानाका तर्फबाट उनले गोल गरेकी हुन् । । जसमा हापोएल रानाना २–० ले विजयी भयो।

 सावित्रा इजरायलमा खेल्ने पहिलो नेपाली महिला खेलाडी हुन् । सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट घरेलु लिग खेल्ने सावित्राले भारतको आई लिग र इन्डियन वुमन्स लिगसमेत खेलिसकेकी छन् ।

गएको सिजन गोलकुल केरलाले इन्डियन वुमन्स लिगको उपाधि जित्दा २९ गोलसहित सावित्रा प्रतियोगिताकै उच्च गोलकर्तासमेत बनेकी थिइन् । 

यसअघि सावित्रा भारतीय महिला आई लिगमा चम्किएकी थिइन् । उनले आई लिगमा तीनवटा उपाधि जितेकी थिइन् । उनी घरेलु लिग फुटबल सशस्त्रको एपीएफ क्लबबाट खेल्छिन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.