add

भारतलाई हराउँदै पाकिस्तानले जित्यो इमर्जिङ कपको उपाधि






ActPro Nepal

|

७ साउन, २०८०

|
276

काठमाडौं ।  एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको पाकिस्तानले जितेको छ । आइतबार राति भारतलाई १२८ रनले हराउँदै पाकिस्तानले उपाधि उचालेको हो । 

जितको लागि ३ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत ४० ओभरमा २ सय २४ रनमा अल आउट भयो । 

भारतका ओपनर अभिषेक शर्माले ५१ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए । त्यस्तै अर्का ओपनर साई सुदर्शनले २८ बलमा ४ चौकासहित २९ रनमा क्याच आउट भए ।

भारतलाई ओपनर साई सुदर्शन र अभिषेक शर्माले ८.३ ओभरमा ६४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर त्यसपछि कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

 कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो ।

 पाकिस्तानलाई च्याम्पियन बनाउन तयाब ताहिरले ७१ बलमा १२ चौका र ४ छक्कासहित १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.