add

एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल पाकिस्तानसँग






ActPro Nepal

|

३ साउन, २०८०

|
281

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ। नेपाल र पाकिस्तान बीचको खेल अगस्ट ३० मा पाकिस्तानमा हुनेछ।

यस्तै नेपालले आफ्नै दोस्रो खेल भारतसँग खेल्नेछ।   भारतसँगको खेल सेप्टेम्बर ४ मा श्रीलंकामा हुनेछ। बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त सेप्टेम्बर २ तारिखमा हुनेछ ।

यसपालिको एसिया कप क्रिकेट अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुन लागेको छ।

एसिया कप प्रतियोगितामा एसियाका पाँच टेस्ट राष्ट्र र नेपाल गरी  ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा जम्मा १३ खेल हुनेछन्। तीमध्ये पाकिस्तानमा ४ र श्रीलंकामा ९ खेल हुनेछ।फाइनल सेप्टेम्बर १७ तारिखमा हुने छ। नेपालले पहिलोपटक एसिया कप खेल्न लागेको हो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.