add

नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित, समूह चरणबाटै बाहिरियो






ActPro Nepal

|

१ साउन, २०८०

|
287

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको छ।  

नेपालले दिएको १६८ रनको लक्ष्य  भारतले २९.५ ओभरमा १ विकेट गुमाएर भेट्टायो । भारतको लागि साई सुदर्शनले अविजित ५८ रन बनाए भने ध्रुव जुरेलले पनि अविजित २१ रन जोडे । 

ओपनर अभिषेक शर्मा ८७ रन बनाएर आउट भए  ।  यसअघि नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग ४ विकेटको हार बेहोरेको थियो। पाकिस्तानले आज भएको दोस्रो खेलमा युएईलाई पराजित गर्‍यो। 

लगातार दुई खेलमा जित हात पारेसँगै भारत र पाकिस्तान सेमिफाइनलमा पुग्दा नेपाल र युएई बाहिरिएका छन्।  अब नेपालले प्रतियोगिताको अन्तिम खेलमा युएईको ‘ए’ टिमसँग साउन ३ गते खेल्नेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.