add

बंगलादेशलाई हराउँदै कुवेत फाइनलमा






ActPro Nepal

|

१६ असार, २०८०

|
375

काठमाडौं ।  बंगलादेशविरुद्ध १–० को कठिन जित निकाल्दै आमन्त्रित टोली कुवेत भारतमा जारी साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । 

शनिबार भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा बंगलादेशले निर्धारित ९० मिनेट कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो ।अलब्लुसीले खेलको अतिरिक्त समयको पनि ‘इन्ज्युरी टाइम’मा गोल गरेका थिए । 

अब कुवेतले उपाधिका लागि घरेलु टिम भारत र अर्को आमन्त्रित टोली लेबनानबीचको विजेतासँग खेल्नेछ । भारत र लेबनानबीचको दोस्रो सेमिफाइनल आजै बेलुका ७ः४५ बजे सुरु हुँदै छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.