add

नेपालको एकदिवसीय वरीयता यथावत, बलिङतर्फ सन्दीप २४ औं स्थानमा






ActPro Nepal

|

११ असार, २०८०

|
201

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको  आईसीसीअन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता यथावत रहेको छ । आईसीसीले आइतबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपालको वरीयता यथावत रहेको हो ।

नयाँ वरीयताअनुसार नेपाल १४ औँ स्थानमा यथावत रहेको छ । स्कटल्यान्ड र आयरल्यान्ड भने नेपाल भन्दा माथि रहेका छन् । अस्ट्रेलिया, पाकिस्तान र भारत वरीयताको शीर्ष ३ मा रहेका छन् ।

जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा अहिले नेपालसँगै अन्य ९ राष्ट्रको सहभागिता रहेको छ । विश्वकप छनोटमा नेपालले ३ खेलमा पराजय भोगिसकेको छ भने एक खेलमा जित हात पारेको छ ।

एकदिवसीयको ब्याटिङतर्फ भने नेपालका आशिफ शेख र रोहित पौडेल समान ६८ औँ स्थानमा छन् । बलिङतर्फ सन्दीप लामिछाने २४ औँ, दिपेन्द्र सिंह ऐरी ५७ औँ, सोमपाल कामी ६७ औँ तथा करण केसी ९२ औँ स्थानमा छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.