add

काभा महिला भलिबल आजदेखि, नेपालले पहिलो खेलमा कीर्गिस्तानसँग






ActPro Nepal

|

८ जेठ, २०८०

|
284

काठमाडौं । काभा वुमन्स च्यालेन्ज कप भलिबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । उद्घाटन खेलमा आज नेपालले कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । डिफेन्डीङ च्याम्पियन नेपालले उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य राखेको छ ।

नेपाली टिमकी कप्तान अरुणा शाहीले नेपालको तयारी राम्रो भएको बताइन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै अरुणाले नेपालले उपाधिमा हृयाट्रिक गर्ने विश्वास राखेकी हुन् । नेपालले बंगलादेशमा सम्पन्न यसअघिका दुवै संस्करणको उपाधि जितेको थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्डहलमा आज बिहान श्रीलङ्का र उज्वेकीस्तानले प्रतियोगिताको पहिलो खेल खेल्नेछन् । यो खेल बिहान ९ : ३० बजेपछि सुरु हुनेछ । १२ बजे बंगलादेश र भारतबीच खेल हुने छ ।

दिउँसो साढे २ बजे प्रतियोगिताको भव्य उद्घाटनको तयारी गरिएको छ । उद्घाटन समारोहपछि नेपालले अपराह्न साढे चार बजे कीर्गिस्तानसँग खेल्ने छ ।

आजको अन्तिम खेलमा राति ७ बजे माल्दिभ्स र काजखस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

लिगकम नकआउटको आधारमा सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, बंगलादेश, भारत र कीर्गिस्तान समूह ए मा छन् भने उज्वेकिस्तान, श्रीलङ्का, माल्दिभ्स र काजखस्तान समूह बी मा छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.