add

अर्जेन्टिनालाई विश्वकप जिताउने स्कालोनी फिफाको उत्कृष्ट प्रशिक्षक मनोनयनमा






ActPro Nepal

|

२७ माघ, २०७९

|
319

एजेन्सी । फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको उत्कृष्ट प्रशिक्षकको फाइनल तीन सूचीमा  अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन सफल लियोनल स्कालोनी, रियाल मड्रिडका कार्लो एन्सेलोटी र म्यानचेस्टर सिटीका पेप गार्डियोला परेका छन् ।

पुरुष राष्ट्रिय टोलीका प्रशिक्षक, पुरुष राष्ट्रिय टोलीका कप्तान, फुटबल पत्रकार र फिफाको आधिकारिक वेबसाइटमा मतदान गर्ने समर्थकहरू सम्मिलित अन्तर्राष्ट्रिय निर्णायकहरूले छनोट गरेका हुन् ।

फिफा अवार्डमा ८ अगस्ट २०२१ देखि १८ डिसेम्बर २०२२ सम्मको अवधिमा पुरुषतर्फको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षकलाई मान्यता दिइन्छ । विजेताको घोषणा २७ फेब्रुअरी २०२३ मा पेरिसमा हुने अवार्ड समारोहमा गरिनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.