add

विश्वकप दाबेदार अर्जेन्टिनाको लज्जासपद हार






ActPro Nepal

|

६ मंसिर, २०७९

|
540

काठमाडाैं । कतारमा जारी विश्वकपमा अर्जेन्टिनाले लज्जासपद हार व्याेहाेरेकाे छ । समूह सीमा कमजोर मानिएको साउदी अरेबियासँग अर्जेन्टिनाले लज्जासपद हार बेहारेको हो ।

खेलमा १–० गोलको अग्रता लिनुको बाबजुद अर्जेन्टिनाले साउदीसँग २–१ गोलको पराजय बेहोरेको हो ।

१० औं मिनेटमा मेसीले पेनाल्टी गोलमा टिमलाई अग्रता दिलाए पनि दोस्रो हाफमा अर्जेन्टिनाले लगातार दुई गोल खाएपछि खेलमा फर्कन नसकेको हो ।

४८ र ५३ औं मिनेटमा अर्जेन्टिनाले गोल खाएको हो । ४८ औं मिनेटमा सालेह अल सेहरी अर्जेन्टिनाको रक्षापंक्तिलाई जिल्याउँदै बराबरी गोल गरे । ५३ औं मिनेटमा सालेम अल दसारीले अर्जेन्टिनाविरुद्ध अर्को गोल गरे । अन्ततः यही गोल नै अर्जेन्टिनालाई पराजित गर्न निर्णायक बनिदियो ।

पहिलो हाफमा अर्जेन्टिनाले गरेका तीनवटै गोल अफसाइड भएका थिए । खेलमा सुरूवातदेखि अर्जेन्टिना हाैसिएकाे थियाे तर खेलमा नियन्त्रण राख्न भने असफल हुन पुग्याे ।

यसैबीच अर्जेन्टिनाको लगातार ३६ खेलको पराजयविहीन यात्रालाई पनि साउदीले टुंग्याइदिएको हो ।

पहिलो हाफमा आत्मविश्वासी देखिएको अर्जेन्टिना दोस्रो हाफमा लागतार दुई गोल खान पुगेपछि अत्तालिएको थियो । अन्तिमसम्मै गोल फर्काउन कोशिश गरे पनि सफल हुन सकेन । जसले उसलाई पहिलो खेलमा दुखद् पराजय नतिजा हात लागेको हो ।

अब बाँकी मेक्सिको र पोल्यान्डविरुद्ध जितेमात्रै अर्जेन्टिनालाई अन्तिम १६ मा जान बाटो खुल्नेछ


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.