Right side from logo

टोकियो ओलम्पिकमा आज गौरिकाले प्रतिस्पर्धा गर्ने






ActPro Nepal

236

2021 Jul 28

काठमाडौंं । ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आज नेपालकी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने भएकी छन्।जापानको राजधानी टोकियोमा जारी ओलम्पिकमा पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्न लागेकी हुन्।

गौरिका महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन्। गौरिकाको खेल नेपाली समय अनुसार बुधबार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन्। यस हिटमा ४ खेलाडी छन्। गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन्।


प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2021. ALL RIGHTS RESERVED.