add

थ्रेड्सले गर्‍यो च्याट जीपीटीको कीर्तिमान भंग, पाँच दिनमा १० करोड प्रयोगकर्ता






ActPro Nepal

|

२५ असार, २०८०

|
244

काठमाडौं । ट्‍वीटरको प्रतिद्वन्द्वीका रूपमा इन्स्टाग्रामले सुरु गरेको थ्रेड्स च्याट जीपीटीको कीर्तिमान भंग गरेको छ । 

डेटा ट्र्याकिङ वेबसाइटहरूका अनुसार सबैभन्दा छिटो लोकप्रिय बनेको एप च्याट जीपीटीको कीर्तिमान थ्रेड्सले भंग गरेको हो ।  

उक्त एपले पाँच दिनभन्दा कम अवधिमा १० करोडभन्दा बढी प्रयोगकर्ता पाएको छ । च्याट जीपीटीलाई १० करोड प्रयोगकर्ता पुर्‍याउन दुई महिना र भिडियो एपका रुपमा लोकप्रिय टिकटकलाई नौ महिना लागेको थियो । इन्स्टाग्रामलाई त्यति सङ्ख्या पुर्‍याउन साढे दुई वर्ष लागेको थियो ।


बुधबार र बिहीबार १०० देशमा थ्रेड्ड एप्पल र एन्ड्रोइड एप स्टोरहरूमा लाइभ भयो भने युरोपमा उपलब्ध नभएकाले यसको प्रयोग हुन सकेन । थ्रेड्सको मूल कम्पनी मेटा युरोपेली सङ्घको तथ्याङ्क कानुन कसरी पालना गर्ने भन्ने निर्णयमा पुगिसकेको छैन ।


ट्‍वीटको करिब २० करोड नियमित प्रयोगकर्ता रहेका अनुमान गरिएको छ । तर, टेस्लाका प्रमुख एलोन मस्कले गत वर्ष प्लेटफर्म किनेका र हजारौँ कर्मचारीलाई बर्खास्त गरेपछि यसले बारम्बार प्राविधिक असफलता भोग्दै आएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.