add

एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै






ActPro Nepal

|

२६ जेठ, २०७७

|
843

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एमसीसीबारे छलफल गर्न आज सचिवालय बैठक बोलाएको छ ।

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन ‘एमसीसी’ बारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह चार बजे बालुवाटारमा बैठक बोलाएका हुन् ।

बरिष्ठ नेता झलनाथ खनाल, नेता भीम रावल सम्मिलित कार्यदलले एमसीसी सम्झौताका केही बुँदाहरु संशोधन गर्न सुझाव दिएको छ । 

पार्टीमा विवाद भएपछि गठन भएको अध्ययन कार्यदलको सिफारिसविपरीत एमसीसीसँग जोडिएका कार्यक्रम र सहायता रकम नीति कार्यक्रम र बजेटमा परेपछि नेकपामा विवाद बढेको छ ।

अघिल्लो सचिवालय बैठकले संसदबाट पारित नभएसम्म एससीसीका काम अघि नबढाउने सहमति गरेको थियो । प्रधानमन्त्री ओली संसदको यही अधिवेशनवाट एमसीसी पारित गराउने पक्षमा छन् । तर, सचिवालयका बहुमत सदस्य भने एमसीसीको विपक्षमा रहेका छन् । नेकपाभित्रको आन्तरिक विवादले गर्दा एमसीसी सम्झौता संसदमा पेस हुन सकेको छैन ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.