add

नेपाली कांग्रेसले तोक्यो १३ विभागका प्रमुखहरु, हेर्नुहोस् नामावली






ActPro Nepal

|

१८ फागुन, २०७६

|
1217

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका १३ वटा विभागलाई नेतृत्व प्रदान गरेको छ। 

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले शनिबार यी १३ केन्द्रीय विभागका प्रमुखहरु मनोनयन गरेका हुन् ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

जसमा गोपालमान श्रेष्ठ संगठन विभाग, रमेश रिजाल संघीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुर मुस्लिम विभाग, अर्जुनप्रसाद जोशी स्थानीय तह समन्वय विभाग, आनन्दप्रसाद ढुंगाना वित्तिय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरसिया तराई–मधेश समन्वय विभाग, महेन्द्र यादव यातायात व्यवसायी समन्वय विभाग प्रमुख तोकिएका छन् ।

त्यसैगरी अन्य विभागका प्रमुखहरुमा शंकर भण्डारी तरुण विभाग, सीता गुरुङ आदिवासी जनजाति विभाग, गोविन्द भट्टराई नेपाली जनसम्पर्क समिति समन्वय विभाग,चिनकाजी श्रेष्ठ उद्योग व्यापार विभाग, विश्वप्रकाश शर्मा (प्रवक्ता) सूचना, संचार तथा प्रचार विभाग, शिवप्रसाद हुमागाँइ श्रमिक तथा टे«ड युनियन विभाग रहेका छन् ।

त्यस्तै सभापति देउवाले केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा कृष्ण किशोर घिमिरे ९दाङ०, गोपालकुमार बस्नेत (झापा),सुधीरकुमार शिवाकोटी (झापा), मनोहर नारायण श्रेष्ठ (धनकुटा) र धु्रव वाग्ले (तनहुँ) लाई मनोनयन गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.