add

उच्च रक्तचापको बिमारीका लागि गोलभेडाको सेवन फाइदा कि बेफाइदा ?






ActPro Nepal

|

११ फागुन, २०७६

|
1757

गोलभेडा हाम्रो स्वास्थको लागि विभिन्न किसिमले फाइदाजनक छ । यसको विभिन्न स्वास्थ सम्बन्धी लाभहरु पनि छन् । हाइपर टेन्सनका गम्भीर विमारी तथा मुटु सम्बन्धी समस्याहरुबाट पीडित व्यक्तिहरुले आफ्नो खानामा गोलभेडा  समावेश गर्दा ती समस्याहरुको जोखिम कम गर्न सकिने विभिन्न अध्ययनहरुले देखाएका छन् । त्यसैले आज हामी गोलभेडाको सेवन गरेर कसरी ब्लड प्रेसरको समस्यालाई कम गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिँदैछौ ।

गोलभेडाले  कसरी  नियन्त्रण गर्छ  उच्च रक्तचाप ?

गोलभेडामा लाइकोपीन र बीटा क्यारोटीन जस्ता क्यारोटीनाइड हुन्छ, जो शक्तिशाली एन्टिअक्सिडेन्ट हो । यसले फ्रि रेडिकललाई निष्क्रिय गर्ने र शरीरको हानिकारक टक्सिन निकाल्न सहयोग गर्छ । यसले केवल एथेस्लेरोसिसको प्रगतिलाई धिमा मात्र गराउँदैन, अक्सिडेटिभ स्ट्रेसलाई पनि कम गर्छ र उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

यसमा भिटामिन ई रहेको हुन्छ, जो एक एन्टिअक्सिडेन्ट हो । र, पोटाशियम पनि हुन्छ, जो एक खनिज हो । यसले शरीरमा फ्लूइड इलेक्ट्रोलाइट सन्तुलन बनाएर राख्नमा महत्वपूर्ण भूमिका खेल्छ ।

त्यसैले तपाईमा उच्च रक्तचाप छ भने गोलभेडाको सेवन गर्नु लाभदायक हुनसक्छ ।

गोलभेडा सेवन गर्नुको फाइदा :-

१. गोलभेडाले शरीरको खासगरी मृगौलाको जीवाणु हटाउने काम गर्छ ।

२. यो पिसाबमा चिनीको मात्रा नियन्त्रण गर्न प्रभावकारी हुन्छ । मधुमेह रोगीका लागि गोलभेडा उपयोगी मानिन्छ ।

३. कार्बोहाइड्रेट कम हुने भएकाले यो एक उत्तम भोजन मानिन्छ । गोलभेडाले पाचन शक्ति बढाउँछ ।

४. गोलभेडाको नियमित सेवनले ग्याष्ट्रिकको समस्याबाट पनि छुटकारा दिलाउँछ ।

५.शरीरको बिकार हटाउनमा यो उपयोगी मानिन्छ । यसले श्वास प्रश्वासमा पनि फाइदा पुर्‍याउँछ ।

६. गोलभेडाको रस छालाको स्वस्थ्यका लागि पनि लाभदायक मानिन्छ ।

७. जोर्नीको दुखाई कम गर्न, पेटको किरा मार्न पनि गोलभेडा उपयोगी हुन्छ ।

८. तौल नियन्त्रणका लागि गोलभेडा फाइदाजनक हुन्छ ।

गोलभेडा सेवन गर्नुको बेफाइदा :-

१. गोलभेडामा अधिक मात्रामा अम्लीय हुन्छ, जसले गर्दा यसको सेवनले एसिडिटी बढाउन सक्छ । छातीमा जलन हुनसक्छ ।

२. गोलभेडाको अधिक सेवनले पेट दुख्न सक्छ ।

३. गोलभेडामा यस्ता क्यारोटेनाइडस् हुन्छ, जसले प्रतिरक्षा प्रणालीमा असर गर्छ । धेरै गोलभेडा सेवन गर्दा प्रतिरक्षा प्रणाली प्रभावित हुनसक्छ ।

४.गोलभेडाको बिज हानिकारक हुन्छ । यो सजिलै पच्दैन, जो मृगौलाको पत्थरीको कारण बन्न सक्छ । सावधानी

सावधानी :- 

सहि मात्रामा सेवन गर्दा गोलभेडा फाइदाजनक हुन्छ । यद्यपी बजारमा पाइने गोलभेडामा किटनासक औषधिको प्रयोग अधिक मात्रामा गरिएको हुन्छ । यसले स्वास्थ्यमा फाइदाभन्दा बढी बेफाइदा हुन्छ ।

चिल्लो, रसिलो एवं हेर्दै रहरलाग्दो गोलभेडा स्वस्थ्यकर नहुन सक्छ । त्यसैले गोलभेडा खरिद गर्दा सर्तक हुनुपर्छ ।

संभव भएसम्म घरमै जैविक  विधीबाट गोलभेडा फलाएर प्रयोग गर्नु उत्तम हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.