add

इलाममा सुहाङले लिए १ हजार मतको अग्रता






ActPro Nepal

|

१७ वैशाख, २०८१

|
161

इलाम । इलाम–२ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङले १ हजार मतको अग्रता लिएका छन्।

आइतबार दिउँसोबाट सुरु भएको मतगणनाको पछिल्लो अपडेट अनुसार सुहाङले कांग्रेस उम्मेदवार डम्बर खड्कासँग अग्रता फराकिलो बनाउँदै १ हजारको मतान्तर बनाएका हुन्।

फाकफोकथुमको वडा नं १, २, ३, ४, ५ र ६ को मतगणना सकिँदा सुहाङले ३७८३ मत पाउँदा डम्बरले २७८२ मत पाएका छन्।  

यस्तै, तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७८४ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ५६१ मत पाएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.