add

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार?






ActPro Nepal

|

१३ वैशाख, २०८१

|
208

काठमाडौं । सुनको मूल्यमा गिरावट आएको छ। आज सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो कारोबार दिन बुधबार प्रतितोला सुन १ लाख ३६ हजार रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुन प्रतितोला १ लाख ३५ हजार १५० रुपैयाँ कायम भएको छ।

यसैगरी सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। चाँदी प्रतितोला १ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी १ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.