add

विश्व युवा सम्मेलन थाइल्यान्डमा सम्पन्न,बानियाँ सम्मानित






ActPro Nepal

|

५ वैशाख, २०८१

|
179

काठमाडौं । विश्व युवा सम्मेलन थाइल्यान्डमा सम्पन्न भएको छ। ग्लोबल युथ पार्लियामेन्टद्वारा बैंककमा आयोजित दुईदिने द योङ एचिभर्स समिट एन्ड अवार्ड २०२४ आइतबार सम्पन्न भएको हो।

सम्मेलनमा  युवा तथा सामाजिक अभियान्ता सरोज बाँनिया ‘ग्लोबल लिडरशिप अवार्ड २०२४’ बाट सम्मानित भएका छन् । 

सन् २०२४ अप्रिल १३ देखि १६ मा थाइल्यान्डको राजधानी बैँककमा ग्लोबल युथ पार्लियामेन्टले संचालन गरेको ‘ग्लोबल युथ एचिभर समिट एण्ड अवार्ड २०२४’ मा युवाका क्षेत्रमा लामो समय योगदान पुर्‍याएबापत ‘ग्लोबल लिडरशिप अवार्ड २०२४’ बाट सम्मानित भएका हुन् । 

थाईल्याण्डका सांसद माननीय सुपाकोन ताङ्तीफाई बुन्तान र ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले नेपालका बाँनिया सहित विभिन्न देशका युवाहरुलाई अवार्ड प्रदान गरेका थिए । 

नेपाल युवा परिषदका संस्थापक एवं अध्यक्ष समेत रहेका बाँनिया विगत १५ वर्षदेखि अनवरत नेपालका ७७ वटै जिल्लाका युवाहरुमा उद्यमशीलता, नेतृत्व क्षमता, शिपमुलक कार्य, सूचना प्रविधि क्षेत्र लगायतका विकासका क्षेत्रहरूमा दिगो विकासको परिकल्पना सहित उत्प्रेरणात्मक तालिम एवं कार्यक्रम संचालन गर्दै आइरहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.