add

कान्तिपुर सहकारीसहित १५ कम्पनीलाई कर दाखिल गर्न १५ दिनको अल्टिमेटम






ActPro Nepal

|

५ वैशाख, २०८१

|
32

काठमाडौं । आन्तरिक राजस्व विभाग अन्तर्गत मध्यमस्तरीय करदाता कार्यालय, बबरमहलले विभिन्न १५ कम्पनीहरूलाई कर बक्यौता दाखिल गर्न अल्टिमेटम दिएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै १५ दिनभित्र कर बक्यौता दाखिल गर्न निर्देशन दिएको हो । कर नतिर्ने कम्पनीहरूमा ठूला सहकारी, सिमेन्ट उद्योग, चिनी मिल, पिार्टमेन्ट स्टोर लगायत रहेका छन् ।

कार्यालयले कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, लालिगुराँस बहुउद्देश्यीय सहकारी, शिखरदीप बहुउद्देश्यीय सहकारी, क्यापिटल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, डिभाइन स्ट्रिम नेटवर्क, मोतिदान कन्स्ट्रक्सन सेवा, श्रीराम सुगर मिल्स, आयोकी फेब्रिकोन नेपाललाई कर तिर्न १५ दिनको अल्टिमेटम दिएको हो ।

त्यसैगरी, अरनिको सिमेन्ट इन्डस्ट्रिज, खानीखोला इन्टरप्राइजेज, रोल्पा सिमेन्ट प्रालि, भूमि इन्फ्रास्ट्रक्चर प्रालि, लोकेन्द्र इन्टरप्राइजेज, बराह डिपार्टमेन्ट स्टोर र त्रिपुरेश्वर कन्डक्टर उद्योगको कर बक्यौता रहेको कार्यालयले जनाएको छ ।

१५ दिनभित्र बक्यौता कर दाखिल नगरेमा कानुनी कारबाहीबाट असुल उपर गरिने कार्यालयले चेतावनी दिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.