add

प्रभु बैंकका ग्राहकले स्काइवाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने






ActPro Nepal

|

४ वैशाख, २०८१

|
132

काठमाडौं । प्रभु बैंकका ग्राहकले स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट पाउने भएका छन् ।

प्रभु बैंक र वन्डर्स नेपाल प्रालि बीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक पदमप्रसाद न्यौपाने हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक र कर्मचरीले स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । यो सुविधा दुई वर्षसम्म उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकका ग्राहकहरूले टिकट खरिद गर्दा प्रभु बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एकबाट गर्नुपर्नेछ ।

बैंकद्धारा यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौता देशभरका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल,पार्लर,डिपार्टमेन्टल स्टोरहरू लगायत अन्य व्यापारिक ईकाइहरूमा समेत भएको जानकारी गराएको छ ।

स्काइवाक टावर कुल ७८.५ मिटर अग्लो छ । यस टावरबाट उपत्यकाको ३ ६० डिग्रीमा दृश्यावलोकन गरी मनोरञ्जन लिन सकिन्छ ।

प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरूलाई बैंकिङ सेवा दिँदै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.