add

महालेखापरीक्षकमा तोयम राया सर्वसम्मतिले अनुमोदित






ActPro Nepal

|

४ वैशाख, २०८१

|
109

काठमाडौं ।  संसदीय सुनुवाइ समितिले मंगलबार महालेखापरीक्षकमा तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको  ।

महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरिएको हो। महालेखापरिक्षकमा प्रस्तावित रायाले सुनुवाई समितिमा कार्ययोजना प्रस्तुत गर्दै बेरुजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गरेका थियो। 

प्राप्त उजुरी र सूचनाका आधारमा संसदीय सुनुवाइपछि रायालाई नियुक्तिका लागि सर्वसम्मतले अनुमोदन गरिएको समिति सभापति पशुपतिशम्भेर जवराले जानकारी दिए।

त्यसअघि संसदीय सुनुवाईका क्रममा रायाले भावी कार्ययोजनाका बारेमा समितिमा जानकारी गराएका थिए। उनले लेखापरिक्षणबाट औल्याएका विषयहरुलाई एकरुपता ल्याउनुपर्ने, सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने बताए।

समयमा नै लेखा परीक्षण हुन नसकेका निकायहरुलाई तत्काल लेखा परीक्षणको दायरामा ल्याउनुपर्ने उनले बताए। उनले बेरुजुको विषयमा प्रदेशहरुसँग छलफल गर्न देखिएका समस्या समाधान गर्नुपर्ने औल्याए।

जेष्ठमा टंकमणि शर्मा दंगालको कार्यकाल सकिएपछि महालेखापरीक्षकको पद लामो समयदेखि रिक्त रहँदै आएको थियो। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.