add

४ अर्ब ३० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक






ActPro Nepal

|

३ वैशाख, २०८१

|
123

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवा ४ अर्ब रुपैयाँ रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब ३० करोड रुपैयाँ मुद्दतीमा राख्ने जानकारी गराएको हो ।

केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्त संस्थामा उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको हो । पेन्सन कोषको रकममध्ये ३ अर्ब ४४ करोड वाणिज्य बैंकमा, ६४ करोड ५० लाख विकास बैंक र २१ करोड ५० लाख रुपैयाँ फाइनान्स कम्पनीमा राख्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले उक्त रकम ६ महिना (१८७ दिन) अर्थात् २०८१ वैशाख ११ गतेदेखि कात्तिक १० गतेसम्मका लागि उक्त रकम मुद्दतीमा राख्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी वैशाख ४ गते अपराह्न ५ बजेसम्म आवेदन बुझाउन सक्नेछन् ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्नेछ । कर्जा, निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेर शर्त पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.