add

पूर्ण महाकुम्भको अवसरमा रामानन्दाचार्य सेवापीठमा चार ठूला कार्यक्रम






ActPro Nepal

|

२८ चैत, २०८०

|
840

काठमाडौं । १२ वर्षे पूर्ण महाकुम्भ मेलाको अवसरमा जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठ (श्रीराम तारकब्रह्म पीठ) ले  चतराधाममा  चार ठूला कार्यक्रम आयोजना गरेको छ ।  

अनन्त श्री विभूषित समाधिसिद्ध जगदगुरु श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य (महायोगी सिद्धबाबा) को सत्संकल्पमा  पीठले मंगलवारदेखि नवरात्र अनुष्ठान लगायतका कार्यक्रमहरु शुरु गरेको हो।  


अनुष्ठानअन्तर्गत रामचरित मानस संगीतमय पाठ नवह पाठ परायण, वाल्मीकि रामायणपाठ, दुर्गासप्तसती चण्डीपाठ, राम पञ्चाङ्ग, चन्द्रकला सखीबाट राम कथा वाचन, श्रीराम मन्दिर शिलान्यास लगायत कार्यक्रमहरु रहेका छन्। 

विगत १२ वर्षदेखि अखण्ड रामनाम संकिर्तन, एक वर्षदेखि जगदगुरु महायोगी सिद्धबाबाका विश्वभर रहेका ११ सय साधकद्धारा १ अर्ब हमुमत मन्त्र जपको अनुष्ठानका साथै वैशाख १ देखि ११ गतेसम्म संकटमोचन श्रीहनुमद महायज्ञ हुन लागेको हो।   

वैशाख ५ देखि जगद्विख्यात धर्मपुरोधा श्रीश्री  धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार) सहभागी हुने कार्यक्रम छ। शास्त्रीले चतरामा वैशाख ९ गतेसम्म हनुमान कथा वाचन गर्ने कार्यक्रम र राममन्दिरको शिलान्यास कार्यक्रम रहेको छ। 


चैत २७ गते कलशयात्रापछि नेपाल आमाको सुपुत्री सुश्री चन्द्रकलासखीको मुखारविन्दबाट श्रीराम कथा वाचन भैरहेको छ। 

संकटमोचन श्रीहनुमद महायज्ञ  विशेष  

चार ठूला कार्यक्रम मध्ये संकटमोचन श्रीहनुमद महायज्ञ विशेष रहेको छ । यसको लागि १२ वर्षदेखि अखण्ड रामनाम संकिर्तन, विश्वभर रहेका साधकबाट १ अर्ब हनुमत मन्त्र जप गरेर तयारी गरिएको थियो। 

यस यज्ञको अवसरमा  जगदगुरु महायोगी सिद्धबाबाद्धारा सम्पूर्ण देशबासीलाई निमन्त्रणसहितको यज्ञ दर्शनको लागि आब्हान गरिएको छ । यस यज्ञमा एक आहुतीमात्र भएपनि  हवन गरेर हनुमत क्रिपाप्राप्त गर्न अनुरोध  गरिएको  छ । १ सय ८ कुण्ड, साततले हवन मण्डपको व्यवस्था गरिएको छ। 

यस यज्ञको दर्शन तथा आहुतीबाट संसारका समस्त प्राणीहरूको रोग, शोक, सन्ताप, दुःख, दारिद्र, कलह, अकाल मृत्यु, नवग्रहबाधा, भूतप्रेत, तन्त्रमन्त्र,  आदि यस कलिकालको भयानक कष्ट , दुःखहरण हुनेछ । 

श्रीहनुमानजीको अनुष्ठानात्मक सर्वसिद्धिप्रद दुर्लभ महायज्ञमा यज्ञकर्ता बनि श्रीहनुमानजीको प्रत्यक्ष कृपा प्राप्त गर्न यहाँहरू सबै समक्ष आयोजकद्धारा आग्रह गरिएको छ । 

५ वर्ष अघि पनि  जगदगुरु महायोगी सिद्धबाबाबाट विश्व जगतमा दोस्रो र  नेपालको  इतिहासमा  पहिलो पटक ७ सय ५ वर्षपछि २०७५ माघ २७ गतेदेखि फागुन ७  गतेसम्म श्रीराम तारक ब्रह्म महायज्ञ भएको थियो ।  


यस्ता महायज्ञ मध्ये पशुपतिनाथ मन्दिर परिसरमा २०७९ साल साउन २ देखि १० गतेसम्म अभिषेकात्मक अतिरुद्री महायज्ञ,  गतवर्ष साउनमा बालाजुमा नेपालको इतिहासमै पहिलो पटक एक महिने लामो  'श्रीरामार्चन महायज्ञ'  पुरूषोत्तम मासको अवसर पारेर श्रावन २ गते देखी ३२ गतेसम्म  गरिएको थियो।  

समय-समयमा विभिन्न धार्मिक अनुष्ठान तथा महायज्ञहरूको आयोजना गर्दै आएको जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठ एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले मानव कल्याण र सनातन धर्म जर्गेनाको लागि ठूला कार्यक्रमहरु गर्दै आएको छ। 

जगदगुरु महायोगी सिद्धबाबाले जगत कल्याणका लागि ठूला सेवाहरु गर्दै आइरहेका छन् । जनमानसलाई सनातन धर्मको शक्तिको परिचय र जागरणको लागि समय समयमा भू-समाधि, २०६५ सालमा हजारौं व्यक्तिहरु नि:शुल्क आयुर्वेदिक शिविर, नाडी विज्ञानद्धारा शरीरको रोग निधान उपचार समेतको क्रिपा जनमानसमा हुँदै आइरहेको छ। 


पाशुपत सिद्ध महायोग साधनाको माध्यमद्धारा केवल संकल्पबाट मात्र पनि कुण्डलिनी शक्तिलाई उजागर गराई श्रीरामनामभक्ति योगमा जोड्ने काम गर्दै आइरहेका छन् ।  

'भित्र पसेर हेर माथि उठेर सोच' भन्ने वाणीका साथ हरेक व्यक्ति भित्र रहेको अन्तर उर्जाशक्तिलाइ ध्यानको माध्यमबाट उत्थान गर्ने र हरित क्रान्तिको माध्यमबाट समाज र देश आत्मनिर्भर बन्न प्रेरित गर्ने लक्ष्यका साथ अघि बढेको जगदगुरु हुन् महायोगी सिद्धबाबा ।  

यस  जगदगुरु श्रीरामानन्दचार्य सेवा पीठका पीठाधिश्वर  जगदगुरु महायोगी सिद्धबाबा एक श्रोत्रिय , ब्रम्हनिष्ठ , गुरू परम्परामा आवद्ध रामानन्दिय सम्प्रदायका बयालिसौं आचार्य , समाधिसिद्ध त्रिदण्डधारी  जगदगुरु हुन् ।

यो पनि

नेपालमै पहिलो पटक संकटमोचन श्रीहनुमद् महायज्ञ किन ? (भिडियोसहित)

सुनसरीको चतराधाममा १२ वर्षे पूर्ण महाकुम्भ मेला शुरु (फोटोफिचर)


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.