add

गृहमन्त्रीले नैतिकताकाे आधारमा राजीनामा दिनुपर्छ : नेता काेइराला






ActPro Nepal

|

२८ चैत, २०८०

|
243

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका नेता डा. शशांक कोईरालाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन । उनले सहकारीको ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री लामिछानेले नैतिकताको आधारमा पनि सो पदमा बस्ने नमिल्ने टिप्पणी गरेका हुन । 

आफूमाथि लागेको आरोपको छानविनबाट स्पष्टिकरण पाए उहाँ फेरि मन्त्री बन्नसक्ने नेता कोईरालाको भनाइ थियो । उनल २०४६ सालपछिको सबै घोटाला काण्डको छानविन गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको मागप्रति पनि आफूहरुको कुनै आपत्ति नरहेको बताए । नेता कोईरालाले संसदमा उच्चस्तरीय छानविन समिति बनाएर विगतमा भएका सबै घोटालाहरुको छानविन गर्न उपयुक्त हुन्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको बताए ।

नेता कोईरालाले काँग्रेस कुनैपनि घोटाला प्रकरणलाई थाँति राखेर संसद चल्न दिने पक्षमा नरहेको पनि बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.