add

गृहमन्त्रीमाथि लागेका आरोपको स्पष्टिकरण दिने कुरामा काँग्रेसले रोक्न मिल्दैन : एमाले






ActPro Nepal

|

२८ चैत, २०८०

|
97

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने कुरामा कांग्रेसले अवरोध गर्न नमिल्ने बताएको छ ।

एमालेमा प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधानमन्त्री लामिछानेमाथि लागेको आरोपको स्पष्टिकरण संसदबाट दिनका लागि काँग्रेस सहमत हुनुपर्ने बताएका हुन‍् । कांग्रेसले मंगलवार उनिमाथि लागेको आरोप छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको थियो ।

एमाले सचेतक बर्तौलाले सञ्चारकर्मीमाझ त्यस्ता आरोपको जवाफ संसदबाटै उपप्रधानमन्त्री लामिछानेलाई दिनका लागि कांग्रेस तयार हुनुपर्ने बताए। उनले अरुको कुरा नसुन्ने भन्ने कुरा लोकतान्त्रिक दल भनिएको कांग्रेसलाई नसुहाउने जिकिर पनि गरे ।प्रमुख सचेतक बर्ताैलाले कांग्रेसले जन सरोकारका विषयमा छलफल गरेर महत्वपूर्ण कानूनहरु निर्माण गर्नुपर्ने संसद अवरुद्ध गरेर गल्ती गरेको दोहोर्‍याए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.