add

सम्पत्ति छानबिन गर्ने भए ‘संसदीय छानबिन समिति’ पनि बनाऔं : महामन्त्री शर्मा






ActPro Nepal

|

२७ चैत, २०८०

|
60

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाइरहेको सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको स्वागत गरेका छन्। 

मंगलबार सामाजिक संजालमा भनेका छन्, ‘विगतदेखि हामी सबैले माग गर्दै आएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको माग रास्वपाले अहिले जो अघि सारेको छ, त्यो उपयुक्त छ। गठन गरौं।’

त्यस्तै उनले सहकारी ठगीबारे ‘संसदीय छानविन समिति’ गठन गरौं पनि भनेका छन्। रास्वपाको मागप्रति समर्थन गर्दै शर्माले छानविन समितिका लागि दबाब बढाएका हुन्।

नेपाली कांग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले पनि सहकारीको रकम दुरुपयोग, हिनामिना र ठगी गर्ने कार्यमा सरकारमा वहाल रहेका मन्त्री समेत संलग्न रहेकाले संसदीय छानबिन समिति माग गरेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.