add

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने, सुरक्षा व्यवस्था कडा






ActPro Nepal

|

२७ चैत, २०८०

|
63

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । राप्रपाले निषेधित क्षेत्र तोड्नेलगायतका कार्यक्रम राखेपछि सरकारले सुरक्षा सतर्कता बढाएको छ ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले आफूहरूले राखेको ४० बुँदे मागमा सरकारलाई दबाब बढाउन मंगलबार राजधानीमा प्रदर्शन गर्न लागेको जानकारी दिए । राप्रपाले गणतन्त्र खारेजी, राजतन्त्र पुनस्र्थापना, हिन्दू राष्ट्र घोषणालगायत ४० बुँदे माग अघि सार्दै आएको छ।

सो पार्टीका अध्यक्ष लिङ्देनको नेतृत्वमा हुने प्रदर्शनी बिहान ११ बजे भृकुटीमण्डपबाट सुरु भई सरकारले निषेधित घोषणा गरेको माइतीघर मण्डलालगायत क्षेत्रमा पुग्ने सो पार्टीले जनाएको छ ।

राप्रपाले लाख मानिस आन्दोलनमा उतार्ने दाबी गरेको छ । सो पार्टीका अनुसार, सोमबारदेखि नै प्रदर्शनका सहभागी काठमाडौं आउने क्रम सुरु भएको छ ।

यसैबीच, राप्रपाले गणतन्त्रविरुद्ध एक लाख मानिस उतारेर निषेधित क्षेत्र तोड्नेलगायत कार्यक्रम राखेपछि सरकारले सुरक्षा सतर्कता बढाएको छ । गृह मन्त्रालय स्रोतका अनुसार, आन्दोलनमा ६ हजार प्रहरी परिचालन गर्ने तयारी गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.