add

कांग्रेस संसदीय दलको बैठक बस्दै,के छन् एजेन्डा?






ActPro Nepal

|

२७ चैत, २०८०

|
103

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ ।

संसद्मा पार्टीको भूमिकाबारे सोमबार पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका सभापति शेरबहादुर देउवाले मंगलबार संसदीय दलको बैठक बोलाएका हुन् । दलको बैठकअघि संसदीय दल कार्यसमितिको बैठक बस्दैछ ।

संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार विहान ७ः३० बजे संसदीय दल कार्यसमितिको बैठक बोलाइएको छ भने त्यसपछि ८ बजेबाट संसदीय दलको बैठक बस्नेछ । दुवै बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुनेछ ।

सहकारीको रकम अपचलनको आरोप लागेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले गठन नभएसम्म संसद्मा गृहमन्त्रीलाई सम्बोधन गर्न नदिने नीति लिएको छ भने सरकारको छानविन समिति गठनमा ढिलाइ गरे संसद् अवरुद्ध गर्ने चेतावनी समेत दिएको छ । 

यसअघिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले अर्को बैठकसम्म संसदीय छानविन समिति गठनका लागि भन्दै अल्टिमेटम दिएका थिए । प्रतिनिधिसभाको अर्को बैंठक मंगलबार बस्दैछ । त्यसअघि दलको बैठकमा छलफल गर्न लागेको हो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.